गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
ratopati.com · Sun Jul 19 02:08:56 GMT 2026

रौतहट । जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा कुल ४६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको हो, जबकि वार्षिक लक्ष्य रु ३३ करोड २९ लाख निर्धारण गरिएको थियो।
जिल्ला भन्सार कार्यालय गौरका प्रमुख विकासकुमार रजकका अनुसार कार्यालयले लक्ष्यभन्दा करिब १३ करोड ७० लाख बढी राजस्व सङ्कलन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको छ। लक्ष्य भन्दा बढी सङ्कलित राजस्व ४१.१४ प्रतिशतले बढेको हो। प्रमुख रजकका अनुसार यो उपलब्धि प्रभावकारी राजस्व व्यवस्थापन, चुहावट नियन्त्रण, आयात कारोबारमा वृद्धि तथा कार्यालयको सक्रिय अनुगमनको परिणाम हो।
Read full story at source (ratopati.com)