मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी
nepalnews.com · Sun Jul 19 02:20:22 GMT 2026

मकवानपुर। मौसमजन्य सम्भाव्य प्रकोपलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा देशभर मनसुनी वर्षा सक्रिय रहेको तथा जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमानअनुसार बागमती प्रदेशसहित मकवानपुर जिल्ला र आसपासका क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भई बाढी, पहिरो, सडक कटान, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेको उल्लेख गरिएको छ।
Read full story at source (nepalnews.com)