स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा कीर्तिपुरमा ५०० बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइयो
newsofnepal.com · Sat Jun 06 14:25:40 GMT 2026

काठमाडौं स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कीर्तिपुरस्थित आदिनाथ त्सोम्मुनिति फरेस्ट मा ५०० बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ।
बैंकका करिब ३५० कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा सम्पन्न वृक्षारोपण अभियानअन्तर्गत फलफूल, फूल फुल्ने तथा छायाँ दिने विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। अभियानको उद्देश्य स्थानीय हरियाली विस्तार, जैविक विविधताको संरक्षण तथा दीर्घकालीन वातावरणीय दिगोपनमा योगदान पुर्याउनु रहेको बैंकले जनाएको छ।
Read full story at source (newsofnepal.com)