बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रूपैयाँ सहयोग गर्ने
lokaantar.com

विद्युतीय सवारी साधन उत्पादनका लागि प्रसिद्ध चिनियाँ कम्पनी बीवाईडीले नेपालका बाढी पीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
नेपालमा बीवाईडीको आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रूपैयाँ योगदान गर्ने घोषणा गरेको हो ।
Read full story at source (lokaantar.com)