जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा २६ जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा
shilapatra.com · Sun Jul 19 03:15:00 GMT 2026

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेनजिक मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकआपसमा ठोक्किँदा २६ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
Read full story at source (shilapatra.com)