रास्वपा सांसद गोविन्द पन्थीको प्रश्नः प्रमाणबिनै विष्णु पौडेलविरूद्ध हतारमा किन मुद्दा हालियो ?
nepalpress.com · Sun Jul 19 04:14:00 GMT 2026

रूपन्देही । कानुन व्यवसायीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गोविन्द पन्थीले पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा गरिएको अभियोजनको गुणस्तरमाथि गम्भीर प्रश्न उठाउँदै संस्थागत समीक्षा गर्न माग गरेका छन् ।
पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) रहेर अनुसन्धान क्षेत्रमा काम गरेका पन्थीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियाबीचको समन्वय तथा प्रमाण व्यवस्थापनको विषयमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका हुन् । उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध अनुसन्धान अघि बढाउँदा श्रीराम टोवाको उद्योग प्रालिका सञ्चालक चुन्नु प्रसाद शर्मा र कमल किशोर मालपानीले अनुसन्धान अधिकारीसमक्ष दिएको बयानलाई आधार बनाएको उल्लेख गरेका छन् ।
Read full story at source (nepalpress.com)