स्याफ्रुबेसी–रसुवागढी सडक चीनको सहयोगमा दुई लेनमा विस्तार हुँदै
shilapatra.com · Sun Jul 19 04:16:00 GMT 2026

नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ । गत वर्ष चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माणसँगै सडकलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढाइएको हो ।
निर्माण जारी रहेकाले वर्षायाममा सडकका धेरै स्थान हिलाम्मे बनेका छन् । सडक खन्ने, चौडा पार्ने काम भइरहेका कारण मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ । विशेष गरी नेपाल–चीनबीच आयात–निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँघुरो तथा हिलोयुक्त सडक पार गर्न समस्या हुने गरेको छ ।
Read full story at source (shilapatra.com)