विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
ratopati.com · Sun Jul 19 05:06:33 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गोविन्द पन्थीले पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रिहाइबारे वस्तुनिष्ठ समीक्षा हुनैपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलविरुद्ध अनुसन्धान अघि बढाउँदा श्रीराम टोवाको उद्योग प्रा लि का सञ्चालक चुन्नु प्रसाद शर्मा र कमल किशोर मालपानीले अनुसन्धान अधिकारी समक्ष गरेको बयानमा ३७५००० श्रीराम टोवाको शेयर दीपक भट्ट सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्ग प्रा लि को स्वामित्वमा रहेको हिमालयन एभरेस्ट म्यानेजमेन्ट प्रा लिका नाउँमा बिक्री गर्दा तथा हिमालयन रिइन्स्योरेन्स लि को नाममा २०,००००० कित्ता शेयर सिके इन्केस्टमेन्ट प्रालि को नाममा गरिद गर्दा विष्णु प्रसाद पौडेलले सहजीकरण गरेको बयान समेतलाई आधार लिएको देखिन्छ । तर यदि ती आधारहरूलाई पुष्टि गर्ने पर्याप्त प्रमाण थिएन भने अनुसन्धानलाई अभियोजनसम्म किन पुर्याइयो ? र यदि अभियोजन बलियो प्रमाणका आधारमा गरिएको थियो भने २०करोड ९० लाख बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश किन दियो ?'
Read full story at source (ratopati.com)