दृष्टिविहीन बालबालिकाको भवन निर्माणमा नेपाल लाइफको आर्थिक सहयोग
clickmandu.com · Sun Jul 19 05:07:34 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसन द्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
नवनिर्मित आवासीय भवनले ६० जना सम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको वातावरण प्रदान गर्नेछ। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएका छन् ।
Read full story at source (clickmandu.com)