पहिरो पन्छिएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा
kalakarmi.com · Sun Jul 19 05:01:19 GMT 2026

रामेछाप- काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रवार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो ।
Read full story at source (kalakarmi.com)