क्यान्सर जित्ने ओलम्पियन
annapurnapost.com · Sun Jul 19 05:52:13 GMT 2026
नेपालगन्ज : १४ वर्षअघि सुरेन्द्र हमालको जीवनमा अकल्पनीय मोड आयो। क्यान्सर रोग विशेषज्ञले उनलाई दोस्रो चरणको आन्द्राको क्यान्सर भएको पुष्टि गरे। खेल मैदानमा कहिल्यै हार नस्वीकार्ने खेलाडीले यसपटक जीवनकै सबैभन्दा कठिन प्रतिस्पर्धामा उत्रिनुपर्यो। लामो उपचार, पीडा, तनाव र आर्थिक चुनौतीबीच पनि उनले आत्मबल गुमाएनन्। अन्ततः उनले क्यान्सरलाई पराजित गरे। हमाल भन्छन्, ‘मलाई क्यान्सर लागे पनि सबैको माया, सद्भाव र प्रेम पाएँ। त्यसैले यो रोगलाई जित्न सफल भएँ।’
‘पढोगे, लिखोगे, होगे नवाब, खेलोगे, कुदोगे, होगे खराब’– त्यो बेला यस्तो भन्ने समाज थियो। यो भावना अझै पनि कतै–कतै छ। तर नेपालगन्ज घरबारी टोलका सुरेन्द्र हमाल भन्छन्, ‘मैले नवाब हुनभन्दा खेलाडी हुन रुचाएँ।’ ती भनाइ सम्झिँदा उनी हल्का मुस्कुराउँछन्। भन्छन्, ‘त्यतिबेला अधिकांश अभिभावकका लागि खेलकुद समयको बर्बादी थियो। किनकी पढाइले भविष्य बनाउँछ, खेलले जीवन बिगार्छ भन्ने मान्यता समाजमा गहिरोसँग बसेको थियो।’
Read full story at source (annapurnapost.com)