पोखरा-जोमसोम हवाई सेवा तीन महिना बन्द
nepalnews.com · Thu Jun 04 00:55:45 GMT 2026

काठमाडौँ । पोखरा-जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा-जोमसोम नियमित हवाई सेवा उडान करिब तीन महिनाका लागि बन्द गरेको जनाएका छन् ।
बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा-जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए।
Read full story at source (nepalnews.com)