पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
ratopati.com · Sun Jun 28 00:28:16 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलको पहिलो हाफ समाप्त भएको छ । समूहको शीर्ष स्थानका लागि भइरहेको रोमाञ्चक भिडन्तमा कोलम्बिया र पोर्चुगल पहिलो हाफको समाप्तिसम्म ०–० को गोलरहित बराबरीमा रहेका छन् ।
कोलम्बिया र पोर्चुगल दुवै टोलीले यसअघि नै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । तर, समूह विजेता बन्दै नकआउट चरणमा क्रोएसियासँगको भिडन्त पक्का गर्नका लागि पोर्चुगललाई यस खेलमा जित्नै पर्ने दबाब छ । हालको नतिजा अनुसार कोलम्बिया समूहको पहिलो र पोर्चुगल दोस्रो स्थानमा रहेका छन् ।
Read full story at source (ratopati.com)