छुवाछूत अन्त्यमा सामाजिक चेतना आवश्यक: राष्ट्रपति
gorkhapatraonline.com · Thu Jun 04 00:58:37 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवद्र्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ ।”
Read full story at source (gorkhapatraonline.com)