अर्थतन्त्रलाई नयाँ दिशा दिने बजेट : परिसङ्घ
gorkhapatraonline.com · Thu Jun 04 00:58:17 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने आधार तयार गरेको नेपाल उद्योग परिसङ्घले जनाएको छ । बजेटबारे बुधबार औपचारिक धारणा सार्वजनिक गर्दै परिसङ्घले औद्योगिक प्रवर्धनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको प्रभावकारी कार्यान्वयनले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने उल्लेख गरेको छ ।
तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगीकरणलाई तीव्र बनाउने परिसङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै ३६० वटा वस्तुमा अन्तःशुल्क खारेजीले उत्पादन लागत कम गर्न सहयोग पुग्ने विश्वास परिसङ्घले व्यक्त गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)