इरानविरुद्धको युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वारा प्रस्ताव पारित, ट्रम्पलाई धक्का
nepalviews.com · Thu Jun 04 01:20:33 GMT 2026

एजेन्सी । अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स' ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्य सहितको एउटा प्रस्ताव पारित गरेको छ। राष्ट्रपति ट्रम्पको आफ्नै दलका चार रिपब्लिकन सांसदहरूले विपक्षी ड्यामोक्र्याटहरूलाई साथ दिएपछि बुधबार उक्त प्रस्तावको पक्षमा २१५ र विपक्षमा २०८ मत परेको थियो ।
गत फेब्रुअरीदेखि सुरु भएको इरान युद्धप्रति असन्तुष्टि जनाउँदै सदनले ट्रम्पको युद्ध अधिकार कटौती गर्न खोजेको यो चौथो प्रयास हो। विपक्षीहरूले यो युद्ध संसद् (कङ्ग्रेस) को स्वीकृति बिना सुरु गरिएको भन्दै आलोचना गर्दै आएका छन्।
Read full story at source (nepalviews.com)