सञ्चालनमा आउन नसकेका आयोजनामा आरसीओडीको म्याद थप गर्ने तयारी
clickmandu.com · Sun Jul 19 06:34:41 GMT 2026

काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भई निर्माणका विभिन्न चरणमा पुगेका तर अझै सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरी व्यावसायिक रुपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप गर्ने तयारी भएको छ ।
असार ३२ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, व्यावसायिक उत्पादन सुरु गर्ने निर्धारित मिति (आरसीओडी) तथा पीपीएमा उल्लेखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेछ ।
Read full story at source (clickmandu.com)