एनआईसी एशिया क्यापिटल : डिम्याट खाताको राष्ट्रिय परिचयपत्र विवरण अब अनलाइनबाटै अपडेट गर्न सकिने
ictsamachar.com

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ग्राहकलाई डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत नै अद्यावधिक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । क्यापिटलले प्रविधिमैत्री सेवा विस्तार गर्दै ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने भाव अनुसार निक्षेप सदस्य (डीपी) सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।
यही प्रकृयालाई थप प्रभावकारी बनाउँदै सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निर्देशनअनुसार नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने व्यवस्था कार्यान्वयन गर्न यो सुविधा सुरु गरिएको जनाएको हो ।
Read full story at source (ictsamachar.com)