लिभरपुल र नटिङ्घम फरेस्टबीच रोमाञ्चक बराबरी
nepalsamaya.com · Sat Aug 29 14:04:29 GMT 2026
काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुल र नटिङ्घम फरेस्टबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।
शनिबार लिभरपुलको घरेलु मैदानमा भएको खेलमा नटिङ्घम फरेस्टले २४औँ मिनेटमा डान एनडोयेको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो। खेलको ६०औँ मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए। त्यसपछि ७०औँ मिनेटमा मोर्गन गिब्स ह्वाइटले पेनाल्टीमार्फत गोल गर्दै नटिङ्घम फरेस्टलाई पुनः अग्रता दिलाएका थिए।
Read full story at source (nepalsamaya.com)