फिफा विश्वकप फाइनल: अर्जेन्टिना र स्पेनको सम्मानमा गुगलले फेर्यो लोगो
techpana.com · Sun Jul 19 06:54:04 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पूर्वसन्ध्यामा प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगलले आफ्नो लोगो (डूडल) परिवर्तन गरेको छ । उपाधिका लागि भिड्न लागेका अर्जेन्टिना र स्पेनको सम्मानमा गुगलले आफ्नो होमपेजमा अस्थायी रूपमा विशेष जीआईएफ लोगो राखेको हो ।
हाल गुगल डटकम खोल्दा मुख्य लोगोको स्थानमा एनिमेटेड जीआईएफ फाइल देखिन्छ, जसमा दुवै देशका फुटबल टोलीका लोगो पालैपालो झुल्किन्छन् । स्पेनको लोगो देखिँदा सेतो, रातो र पहेंलो रङको संयोजन देखिन्छ भने अर्जेन्टिनाको लोगोमा नीलो, सेतो र पहेंलो रङ समेटिएको छ ।
Read full story at source (techpana.com)