खैरेनी–जोहाङ्ग सडक खण्ड आजदेखि बन्द
gorkhapatraonline.com · Thu Jun 04 01:57:43 GMT 2026

गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने खैरेनीदेखि नेटा हुँदै जोहाङ्ग जाने सडक खण्ड आज (बिहीबार) देखि बन्द हुने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेलका अनुसार सत्यवती वडा नम्बर ६ जोहाङ्ग, उपल्लो हटियाभन्दा तलको भागमा सडक ढलानको काम सुरु गर्न लागिएको हो।
सडक निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि सडक बन्द रहने गाउँपालिकाले जनाएको छ। यहाँ निर्माणको काम गर्नका सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ।
Read full story at source (gorkhapatraonline.com)