सामसङ इलेक्ट्रोनिक्सले अमेरिकामा किन कर्मचारी कटौती गर्यो ?
clickmandu.com · Sun Jul 19 07:21:37 GMT 2026

एजेन्सी । कागजातहरू र यस मामिलासँग परिचित दुई व्यक्तिहरूका अनुसार, सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकामा रहेको आफ्नो डिस्प्ले, फोन र अन्य कन्जुमर इलेक्ट्रोनिक्स सञ्चालनहरूबाट कर्मचारीहरू कटौती गरेको छ । त्यसको असर मुख्यतया न्यु जर्सी र टेक्ससमा परेको छ ।
दक्षिण कोरियाली प्रविधि क्षेत्रको दिग्गज कम्पनीले रोयटर्सलाई आइतबार दिएको एक विज्ञप्तिमा सामसङ इलेक्ट्रोनिक्स अमेरिकाले आफ्नो मुख्यालय टेक्ससमा सार्ने योजना बनाएपछि न्यु जर्सीको एंगलवुड क्लिफ्समा रहेका ७३९ वटा पद प्रभावित भएको बताएको छ । यो एकाइ चिप्स बाहेक अन्य कन्जुमर इलेक्ट्रोनिक्समा केन्द्रित छ ।
Read full story at source (clickmandu.com)