जाजरकोटको शान्तीचौर जंगलमा पुरुष मृत फेला
gorkhapatraonline.com · Thu Jun 04 02:41:27 GMT 2026

जाजरकोटको भेरी नगरपालिका–११ शान्तीचौरस्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही स्थानका ५५ वर्षीय तुलबहादुर बुढा बुधबार साँझ करिब ६ बजे घरदेखि करिब ३०० मिटर टाढा रहेको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कुदुबाट प्रहरी हवल्दार रामबहादुर सुनारको कमाण्डमा तीन सदस्यीय टोली घटनास्थलमा पुगेको थियो । टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धानसँगै आवश्यक मुचुल्का प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)