लालबन्दी नगर अस्पतालमा ओसीएमसी सेवा सुरु
gorkhapatraonline.com · Thu Jun 04 02:54:11 GMT 2026

सर्लाहीको लालबन्दी नगरपालिका–९ डुमडुमेस्थित नगर अस्पताल लालबन्दीमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) सञ्चालनमा ल्याइएको छ ।
केन्द्रको बुधबार लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले उद्घाटन गर्नुभएको हो । ओसीएमसीमार्फत लैङ्गिक तथा घरेलु हिंसा पीडित महिलालाई निःशुल्क स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता तथा सुरक्षित आश्रयजस्ता आवश्यक सेवाहरू प्रदान गरिनेछ ।
Read full story at source (gorkhapatraonline.com)