एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय सरकारको अर्को गम्भीर राष्ट्रघात : भीम रावल
nagariknews.nagariknetwork.com · Sun Jul 19 07:54:40 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सरकारले गरेको एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने निर्णय घातक भएको बताएका छन्।
सरकारले गत असार ३२ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट नेपाल राष्ट्र बैंकलाई एक रुपैयाँ र दुई रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न स्वीकृति प्रदान गरेको थियो। उक्त निर्णय अनुसार एक रुपैयाँको नेपाली रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटिएको नेपालको नक्सा हटाएर गुम्बाको चित्र राख्ने निर्णय भएको बताइन्छ। सोही निर्णयप्रति आइतबार सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)