भुटानविरुद्ध नेपाली महिला टोली ११३ रनमा अलआउट
himalpress.com · Thu Jun 04 03:12:58 GMT 2026
काठमाडौँ- एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा भुटानविरुद्ध नेपाली महिला टिम ११३ रनमा अलआउट भएको छ। मलेसियामा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरेकोमा १९ दशमलव ६ ओभरमा सबै विकेट गुमाएर ११४ रनको लक्ष्य दिएको हो।
नेपालका लागि सीता राना मगरले ३७ रन, रुविना क्षेत्रीले २४ रन, ओपनर सम्झना खड्काले १० रन र सोनी पाख्रीनले १३ रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भुटानका लागि सोनाम छोदेन र छिरिङ साङबोले समान ३–३ विकेट लिए। रिया प्रधान र रित्सी छोदेनले १–१ विकेट लिँदा अन्जु गुरुङले २ विकेट झारिन्। खेलको दोस्रो इनिङ्स केही बेरमा सुरु हुने छ।
Read full story at source (himalpress.com)