प्रधानमन्त्रीले भने : विभिन्न आयोजनामा फसेका २७९ जनाको उद्धार भइसक्यो
ratopati.com · Sat Aug 29 14:13:22 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्रता दिइरहेको बताएका छन् ।
शनिबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको जानकारी दिएका हुन् । उद्धार गरिएकामध्ये विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जना रहेको उनले उल्लेख गरेका छन् ।
Read full story at source (ratopati.com)