बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाऊ - संसदीय समिति
arthasansar.com

कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन निर्देशन दिएको छ । समितिका सभापति सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी यादव र राजपुतसँग गृहमन्त्रीलाई भेट्न गर्ने वातारण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।
गृहमन्त्रीसँग यादव र राजपुतले भेट्न चाहेको विषयबारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेकी हुन् । आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटले यस्तो आग्रह गरेकी हुन् ।
Read full story at source (arthasansar.com)