मौसम विभागको पुनः चेतावनी: यी प्रदेशमा भारी वर्षा, बाढी-पहिरोको उच्च जोखिम
kalakarmi.com · Sun Jul 19 08:50:07 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा आज (आइतवार) पनि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै पुनः विशेष चेतावनी जारी गरेको छ ।
लगातारको वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । यसअघि शनिवार साउन २ र ३ गते देशका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावनाबारे विशेष सूचना जारी गरेको विभागले आइतबार पुनः अद्यावधिक सूचना सार्वजनिक गर्दै जोखिम अझै कायम रहेको जनाएको छ ।
Read full story at source (kalakarmi.com)