नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने
annapurnapost.com · Thu Jun 04 03:47:35 GMT 2026
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले जुलाईमा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–टुको शृंखला अघि जर्सी भ्रमण गर्ने भएको छ। जर्सीमा नेपालले विश्वकप लिग–टुको तयारीका लागि दुई एकदिवसीय अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै नेदरल्यान्ड्समा आयोजना हुने शृंखलाको तयारीका लागि जर्सीमा तयारी गर्न लागेको जानकारी दिए। ‘नेदरल्यान्ड्समा हुने नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–टुको तयारीका लागि नेपालले जर्सी भ्रमण गर्ने तय भएको छ’, क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ। नेपाल र जर्सीबीच पहिलो अभ्यास खेल जुलाई १३ हुनेछ। यस्तै दोस्रो खेल जुलाई १५ मा हुने क्यानले जनाएको छ।
Read full story at source (annapurnapost.com)