रूपन्देहीमा नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी
shilapatra.com · Sun Jun 28 00:47:00 GMT 2026

मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ । अर्का एक बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६ः३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
Read full story at source (shilapatra.com)