लमजुङको मर्स्याङदी गाउँपालिकाले स्थानीयलाई निःशुल्क बिजुली दिने
shilapatra.com · Sun Jun 28 00:46:00 GMT 2026

संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युतमा कर लगाउने तयारी गरेका बेला लमजुङको मर्स्याङदी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।
मर्स्याङदी गाउँपालिकाले स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मर्स्याङदीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
Read full story at source (shilapatra.com)