पोखरामा चक्रपथदेखि धार्मिक सर्किटसम्म
gorkhapatraonline.com · Thu Jun 04 04:16:41 GMT 2026

पर्यटकीय राजधानी पोखरामा आवश्यक पूर्वाधार निर्माण र पर्यटन प्रवर्धनलाई केन्द्रित गरी गण्डकी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेस गरेको छ । मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी वर्ष एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने भएको छ । लेकसाइड–सराङकोट पोखरा चक्रपथ आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।
पोखराको चङ्खपुरदेखि मर्दीबगरसम्म पर्यटकीय आकर्षणका रूपमा रिभरफ्रन्ट विकास गर्नुका साथै पातालेछाँगो क्षेत्रमा स्काई वाकको व्यवस्था गर्ने नीति लिइएको छ । प्रदेशमा आन्तरिक पर्यटन प्रवर्धन गर्न ‘घुमौँ गण्डकी’ र ‘एक पालिका, एक गन्तव्य’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
Read full story at source (gorkhapatraonline.com)