नेपाली सेनाको हेलिकोप्टरमार्फत शनिबार ५४ विदेशीसहित ५५० जनाको उद्धार
annapurnapost.com · Sat Aug 29 14:14:41 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ५४ जना विदेशी नागरिकसहित नेपाली सेनाले शनिबार ५५० जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ। सेनाको हेलिकोप्टरमार्फत ४६ जना चिनियाँ र ८ जना भारती नागरिकसहित ५५० जनाको उद्धार गरिएको हो। टिमुरे, स्याफ्रुवेशी र मैलुङ लगायतका बाढी प्रभावित क्षेत्रबाट उनीहरुको उद्धार गरिएको सेनाले जनाएको छ।
विभिन्न उपकरणहरूको प्रयोग गरी हाइड्रो पावरका टनेलहरूको प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको भइरहेको समेत सेनाले जनाएको छ। बुधबारदेखि हालसम्म नेपाली सेनाले २०० जनाको स्थल उद्धार गरेको छ । भने हवाई साधनमार्फत २१६ जना विदेशी नागरिकसहित २६५० जनाको उद्धार गरेको छ। यस्तै राहत सामग्रीहरू काठमाडौँबाट त्रिशूलीसम्म हवाई एवम् स्थल मार्गबाट र त्रिशूलीबाट आवश्यकता अनुसार हेलिकप्टरबाट ढुवानी गरिएको सेनाले जनाएको छ। नेपाली सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र, त्रिशूली र धुन्चेमा हालसम्म २०१४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
Read full story at source (annapurnapost.com)