ग्लोबल आइएमई बैङ्कको मोबाइल बैङ्किङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो मोबाइल बैङ्किङ एप 'ग्लोबल स्मार्ट प्लस' मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।
बैङ्कका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो। यस सुविधामा खाता छनोट, योगदानकर्ताको नाम र रकम उल्लेख गरी सरल तवरले सहयोग रकम पठाउन सकिने बैङ्कले जनाएको छ।
Read full story at source (hamrakura.com)