जुम्लामा विषादी प्रयोगमुक्त सप्ताह अभियान
nagariknews.nagariknetwork.com · Thu Jun 04 04:16:15 GMT 2026

१४ औँ जिल्ला परिषद्ले जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको दशक भयो। यहीँ पहिचानका कारण जुम्ली मार्सी चामल, स्याउ र स्थानीय कृषि उत्पादनले राष्ट्रिय बजारमा छुट्टै विश्वास र मूल्य पाएका छन्। तर, पछिल्ला वर्षहरूमा उत्पादन वृद्धि र बजारमुखी खेतीको दबाबसँगै खेतबारीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि जुम्लाको अर्गानिक पहिचान नै चुनौतीमा परेको छ।
यसलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको कृषिजन्य उपजमा विषादी प्रयोग न्यूनीकरण कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय जुम्लाले बुधबारदेखि ‘विषादी प्रयोगमुक्त’ सप्ताह अभियान सुरु गरेको छ। जुम्लाको सिंजा गाउँपालिका-३ नराकोटबाट सुरु भएको अभियान गाउँपालिकाको समन्वय र कृषि विकास कार्यालयको आयोजनामा सञ्चालन गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)