सगरमाथामा बेपत्ता भएक दावा शेर्पा खुम्बु आइसफल क्षेत्रबाट उद्दार
kendrabindu.com · Thu Jun 04 04:31:58 GMT 2026

काठमाडौं । सगरमाथामा ६ दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका छन् । एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् ।
‘घिस्रिँदै ओर्लिरहेको अवस्थामा दावा शेर्पा भेटिए । यो आफैंमा आश्चर्यजनक घटना हो,’ निर्देशक पेम्बाले बताए । उनका अनुसार शेर्पाका हातका औंलामा हिउँका कारण क्षति पुगेको छ र उनलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
Read full story at source (kendrabindu.com)