कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
ratopati.com · Sun Jul 19 09:49:05 GMT 2026

महेन्द्रनगर । खड्के बुढा दोधारा चादँनी नगरपालिका–१० कुतियाकवरमा बस्न थालेको २०२४ सालदेखि हो । भारतसँग सिमाना जोडिएको कुतियाकवर गाउँका तत्कालीन समयमा १०० भन्दा बढी परिवार बस्थे । तर अहिले ३२ वटा परिवार मात्रै गाउँमा छन् ।
भौगोलिक रुपले जिल्लाकै विकट बस्तीमा पर्ने कुतियाकवरमा स्थानीयले लामो समयदेखि बाढी, कटानको समस्या खेप्दै आउनुपरेको बुढाको भनाइ छ । “वि.संं २०२४ मा बस्ती बस्दा रहरले भन्दा पनि सीमाको हेरचाह गर्ने मनसायले बसेको थियो, विगतको अन्धकारबाट उज्यालोतर्फ आए पनि बस्तीमा बाढी र कटानको त्रास ठूलो छ, यसै कारणले यहाँबाट बसाइँ सर्नेको सङ्ख्या बढ्दो छ ।”
Read full story at source (ratopati.com)