एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
ratopati.com · Sun Jul 19 09:58:11 GMT 2026

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत ग्राहकले एनसेल एप खोलेर मोबाइल हल्लाउँदा विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
एनसेलका अनुसार डिजिटल सेवाको प्रयोग बढाउने र ग्राहकलाई एप प्रयोगमा प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यो अफरमा सहभागी हुन कुनै शुल्क लाग्दैन। ग्राहकले प्रत्येक २४ घण्टामा एकपटक मोबाइल हल्लाएर नयाँ सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।
Read full story at source (ratopati.com)