रास्वपा असफल हुँदैमा जनमत हामीतिर फर्किने ग्यारेन्टी छैन : शंकर पोखरेल
shilapatra.com · Sun Jul 19 10:06:33 GMT 2026

एमाले महासचिव शंकर पोखरलेले पपुलिस्टहरू असफल भएपछि त्यो जनमत मूलधारको राजनीतितर्फ फर्काउने चुनौती रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा सांसद प्रशिक्षण कार्यक्रममा पोखरेलले रास्वपा असफल हुँदैमा पुरानै दलतर्फ जनमत फर्किने ग्यारेन्टी भने नभएको बताए ।
‘उनीहरूको असफलतामा हामी सफल हुन्छौँ भनेर ढुक्क भएर बस्यौँ भने, एउटा पपुलिज्मको ठाउँमा अर्को पपुलिज्मले ठाउँ लिन खोज्छ । आजको पपुलिस्ट शक्ति असफल भइसकेपछि मूलधारको राजनीतितर्फ जनमत फर्किन्छ भन्ने ग्यारेन्टी नहुन सक्छ,’ पोखरेलले भने ।
Read full story at source (shilapatra.com)