इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार
ratopati.com · Sun Jul 19 10:15:18 GMT 2026

काठमाडाैँ । पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् ।
सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो ।उद्धार गरिएका यात्रुले आफूहरू सुरुमा हराइरहेको भनिएको २५ जनाको समूहमा रहेको बताएका छन्। तर तीव्र हावाका कारण उनीहरू अन्य यात्रुबाट छुट्टिएका थिए ।
Read full story at source (ratopati.com)