सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी
ajakoartha.com · Sun Jul 19 10:47:00 GMT 2026

काठमाडौं- दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली (Battery Energy Storage System – BESS) विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ ।
यो सहकार्य नेपाललाई स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधारतर्फ अग्रसर गराउने अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यस साझेदारीअन्तर्गत सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन (EV) चार्जिङ पूर्वाधारलाई अझ प्रभावकारी बनाइनेछ ।
Read full story at source (ajakoartha.com)