जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि कानून संशोधन गर्न सरकार प्रतिबद्ध: मन्त्री वादी
hamrakura.com · Thu Jun 04 00:00:00 GMT 2026
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि मौजुदा ऐन–कानूनमा आवश्यक संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वादीले यस्तो बताएकी हुन्।
समाजमा अझै पनि विभेद र हिंसाको अवशेष बाँकी रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्। प्रत्यक्ष रूपमा हुने विभेदको स्वरूप फेरिएर हाल अप्रत्यक्ष र डिजिटल माध्यम (डिजिटल स्पेस) मार्फत दलित समुदायमाथि हिंसा भइरहेको उनले उल्लेख गरिन्। उपलब्ध संवैधानिक र कानूनी व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक अध्ययन र समीक्षा गरिरहेको जानकारी दिँदै उनले डिजिटल तथा भौतिक रूपमा हुने सबै प्रकारका विभेद अन्त्यका लागि राज्यका सबै निकायलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्नेमा जोड दिइन्।
Read full story at source (hamrakura.com)