राप्रपा सांसद खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा रास्वपा कार्यकर्तासहित दुई जना पक्राउ
barnanmedia.com · Sun Jul 19 10:48:32 GMT 2026

सांसद खुश्बु ओलीमाथि सामाजिक सञ्जालमार्फत धम्की दिने तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्तासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि फेसबुकमार्फत सांसद ओलीलाई लक्षित गर्दै धम्कीपूर्ण तथा मानहानि हुने प्रकृतिका सामग्री पोस्ट गरेको आरोप छ।
Read full story at source (barnanmedia.com)