संविधानमा समान भनिसक्दा पनि समाजमा विभेद देखिनु दु:खद् : भीष्मराज आङ्देम्बे
himalpress.com · Thu Jun 04 05:46:39 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस : २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले समाजमा विद्यमान जातीय विभेद र छुवाछुतका घटनाले कानुनी तथा संवैधानिक व्यवस्था मात्र पर्याप्त नरहेको सन्देश दिएको उल्लेख गरेका छन्। उनले नेपाललाई २०६३ जेठ २१ गते ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरिएको र त्यसलाई थप संस्थागत गर्न २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको स्मरण गराएका छन्।
Read full story at source (himalpress.com)