‘ग्लेसियल कोल्याप्स’ हुँदा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी आएको वैज्ञानिकको निष्कर्ष
nepalviews.com · Thu Aug 27 11:00:07 GMT 2026

काठमाडौं । प्रारम्भिक अनुसन्धानले नेपाल–तिब्बत सीमामा आएको विनाशकारी आकस्मिक बाढीको कारण हिमनदी खस्नु (glacial collapse) हुन सक्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् । यस घटनाले तीव्र गतिमा पग्लिरहेको हिमालयको बरफबारेको चिन्ता थप बढाएको छ ।
सुरुवाती रिपोर्टमा भूकम्प गएको बताइएपछि भूकम्पका कारण पहिरो गएको र त्यसपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको थियो । तर अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले पछि विपद्को कारण ‘हिमनदी खसेको’ स्पष्ट गरेको थियो । हिमनदी वा त्यसको कुनै भाग एकैपटक भत्किएर खस्नुलाई ‘ग्लेसियल कोल्याप्स’ भनिन्छ ।
Read full story at source (nepalviews.com)