इन्डोनेसियामा डुंगा डुबेको तीन दिनपछि पाँच यात्रुको जीवित उद्धार
nepalnews.com · Sun Jul 19 11:32:12 GMT 2026

जाकार्ता। पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुंगाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन्।
सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुंगा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो। उद्धार गरिएका यात्रुले आफूहरू सुरुमा हराइरहेको भनिएको २५ जनाको समूहमा रहेको बताएका छन्।
Read full story at source (nepalnews.com)