शिक्षा र स्वास्थ्यमा लगाइएको कर खारेजीको माग
nagariknews.nagariknetwork.com · Sun Jul 19 11:26:52 GMT 2026

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न सरकारसँग माग गर्दै त्यसो नगरे देशव्यापी विद्यार्थी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
संगठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा, स्वास्थ्य सेवा, राइड सेयरिङ तथा विद्युत् क्षेत्रमा लगाएको कर जनविरोधी भएको दाबी गरिएको छ । वक्तव्यमा शिक्षा र स्वास्थ्य सेवा पूर्णरूपमा निःशुल्क बनाउनसमेत सरकारसँग माग गरिएको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)