इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार
barnanmedia.com · Sun Jul 19 11:16:37 GMT 2026

पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् ।
सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुङ्गा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो । उद्धार गरिएका यात्रुले आफू सुरुमा हराइरहेको भनिएको २५ जनाको समूहमा रहेको बताएका छन् । तर तीव्र हावाका कारण उनीहरू अन्य यात्रुबाट छुट्टिएका थिए । स्थानीय खोज तथा उद्धार अधिकारी मुहम्मद आरिफ अनवरका अनुसार डुङ्गा डुबेपछि उनीहरूले तैरिन सकिने सामग्रीको सहायताले आफूलाई बचाएका थिए ।
Read full story at source (barnanmedia.com)