थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा
nepallive.com · Sat Aug 29 14:34:09 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै प्रभावित १२० साइटमध्ये ९३ वटा सञ्चालनमा आएका छन्।
कम्पनीका अनुसार रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावर सञ्चालनमा आएपछि आयोजनाको सुरुङमा भइरहेको उद्धार कार्यका लागि सञ्चार सम्पर्क सहज भएको छ। रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थान तथा नुवाकोटका तुप्चे र बुङताङ बीटीएस पनि सञ्चालनमा आएका छन्। यस्तै कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सुचारु भएका छन्।
Read full story at source (nepallive.com)